सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेन माओवादी

काठमाण्डु टुडे २०८२ जेठ २१ गते १४:२० मा प्रकाशित

काठमाण्डू, २१ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा कायम गरेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ ।

सभामुख घिमिरेले संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरुसँग छलफल गरेका थिए । सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका थिए ।

बैठकबाट बाहिरिएपछि कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले सदन सञ्चालनको वातावरण बनाउन गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us