विपक्षी दलको मागः श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ

काठमाण्डु टुडे २०८२ जेठ २० गते १२:५६ मा प्रकाशित

काठमाण्डू, २० जेठ– श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन गर्ने गरी समिति वा आयोग बनाउनुपर्ने विपक्षी दलहरुले माग गरेका छन । आज मंगलबार बिहान संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हालसम्मका गृहमन्त्रीको माथि छानबिन गर्नुपर्नेमा प्रतिबद्धतता व्यक्त गरेको स्रोतले जानकारी दिएको छ ।

श्रम ऐन २०६४ जारी भएपछि गृहमन्क्री बनेका व्यत्तिहरुको भिजिट भिसा प्रकरण सम्बन्धित छानबिनरआयोग बनाउनु पर्ने निर्णय गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी जानकारी दिएका छन । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले विपक्षी दलहरुको अडान गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्नेमा कायम रहेको बताएका थिए ।

यसमा सत्तापक्ष कुन तरिकाले प्रस्तुत हुन्छ त्यही अनुसार अघि बढौंला भनेको बैठकमा सहभागी एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले जानकारी गराए । बैठकले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग पुनः अघि सारेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक आएर जवाफ दिन पनि माग पनि गरिएको छ ।

एकीकृत समाजवादी भने गृहमन्त्रीको राजीनामा माग्न आवश्यक नरहेको आशयमा प्रस्तुत भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन । बैठकमा सहभागी एक नेताले भने, ‘व्यक्ति होइन, प्रवृत्ति हेरौं ।

राजीनामा नै किन माग्नु भन्ने आशय उहाँहरुको थियो ।’ बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, महिन्द्र राय यादवको नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए । विपक्ष अर्को दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us