सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ २० गते १२:३२ मा प्रकाशित

काठमाण्डू, २० जेठ– सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय घनश्याम राय रहेको प्रहरीले जानकारी दिएको छ ।

बरहथवा नगरपालिका–१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । उनी मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाराको एलएस न्यूरो अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us