काठमाण्डू, १९ जेठ– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आजर्न गरेको आरोपमा सोडारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्म सोडारीले एक करोड ९३ लाख ८९ हजार ६ ३७ बराबरको सम्पत्ति आर्जन गरेकामा ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँको मात्र वैधानिक श्रोत देखिएको अख्तियारको भनाइ छ । सोडारीले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको आरोप अख्तियारले लगाएको छ ।
मुख्यमन्त्री हुनुअघि उनी सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधारविकास मन्त्री थिए ।
अख्तियारले सोडारीकी पत्नी गीता सोडारी र छोरा बबी सोडारीको नाममा रहेको घरजग्गा र बैंक ब्यालेन्स पनि जफत गर्न माग गरेको छ ।