
काठमाण्डु,२ वैशाख– प्रहरीले नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षेत्री रहेका छन ।
विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित क्षेत्रीलाई पक्राउ गरेको प्रहरले बताएको छ । उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।
उनी श्री एयरलायन्सबाट काठमाण्डुतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।