युवा संघमा गुटबन्दी भएको भन्दै रिसाए ओली

काठमाण्डु टुडे २०७९ चैत २८ गते ७:५१ मा प्रकाशित

????????? ???????? ??????? ?????? ??????????? ?????? ???? ????????? ??????????? ??????? ?????? ?????????? ????? (?????)?? ??????? ???? ????? ??? ? ??????? ????? ?? ?? / ????

बाँके, २८ चैत– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् ।

बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरू भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने बताए ।

‘युवा संघजस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन। सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुला मनका साथ अघि बढ्न जरुरी छ,’ उनले भने ।

नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले संगठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई सङ्गठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गरेका थिए । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा सङ्घको ठूलो भूमिका रहेको बताउँदै उनले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा संघले योगदान पुर्याएको बताए ।

विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उनले बताए ।

‘युवालाई संगठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा संघको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा संघको चिनारी दिन आवश्यक छैन । महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us