विप्लवसँग कुरा गर्न प्रचण्ड र ओलीका छुट्टाछुटै दूत !

काठमाण्डु टुडे २०७६ असार १३ गते ७:५२ मा प्रकाशित

file photo

काठमाण्डु, १३ असार– पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।
पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन ।’
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले आ–आफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us