नवीन स्याङतानलाई बलात्कारको भूत चढेपछि…

काठमाण्डु टुडे २०७६ असार ५ गते १०:५३ मा प्रकाशित

हेटौंडा, ५ असार– मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले किशोरीलाई जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।

परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् ।

त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतान पक्राउ परेका हुन् । स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय हेटौँडा लगिएको छ ।

माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us