पेस्तोल बोकेर पोल्याण्डका नागरिक एयरपोर्टबाट छिर्न खोजे

काठमाण्डु टुडे २०७६ वैशाख १२ गते १४:३६ मा प्रकाशित

काठमाण्डु , १२ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हतियारसहित दुई जना विदेशी पक्राउ परेका छन् । कतार एयरबाट काठमाण्डु आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका हुन् ।

उनले ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।

पक्राउ पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us