वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन: नाचगानमा व्यस्त कार्यकर्ता

काठमाण्डु टुडे २०८२ जेठ २३ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, २३ जेठ– नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त छन् । चुनावको तालिका बारम्बार परिवर्तन भएपछि सहभागीहरू नाचगान गरेर समय बिताइरहेका छन् ।

आइतबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सहमतिबाट नयाँ कमिटी गठनका लागि सहमति प्रयास भइरहँदा चुनावको समय धकेलिएको छ ।

दिउँसो एक बजे उम्मेदवारी दर्ताको तालिका रहेकोमा पुनः संशोधन गरी ३ः ३० को लागि सारिएको छ । निर्वाचन कमिटीले जारी गरेको सूचनामा निर्वाचन कार्यक्रममा थप संशोधन हुनसक्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us