
काठमाण्डू, २२ जेठ– आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि भोली (शुक्रबार) दिउँसो १ बजे सम्मको लागि स्थगित गरीएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो ।
प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरे ।