गलत गर्ने सबैलाई कारबाही हुनुपर्छः चन्द्र भण्डारी

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १७:५३ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– कांग्रेसका नेता डा.चन्द्र भण्डारीले मन्त्रिपरिषद्को निर्णयको नाममा भएका सबै गलत काममा कारबाही हुनुपर्ने बताएका छन ।

आज (बिहिबार) पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन ।

उनले सबै गलत काममाथि कारबाही हुनु पर्ने बताएका हुन् । उनले भने, ‘सत्ताको रापतापमा मुलुक र जनतालाई घाटना हुने काम गर्न हुँदैन भन्ने सबैले बुझ्नुपर्यो । अहिले माधवकुमार नेपाल पर्नुभयो ।

गल्ती त धेरैले गरेका छन्, मन्त्रिपरिषद्को निर्णय हो भनेर मुलुक र जनतालाई घाटा हुने जे पनि काम गर्न पाइँदैन ।’ उनले सत्ताको आडमा धेरैले गलत काम गरेको भन्दै ती सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us