पतञ्जलि जग्गा प्रकरणः माधव नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १५:२७ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– पतञ्जलि जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाञ्जाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

पूर्वप्रधानमन्त्री नेपालका भाञ्जा तथा सनराइज बैंकका तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री नेपालका आफ्नै भान्जा हुन् ।

यो प्रकरणमा मामा–भान्जा (माधव नेपाल र मनोज न्यौपाने) सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो ।

कर्जा भने चुक्ता भइसकेको बताइएको छ । त्यतिबेला कर्जा प्रवाह गर्दा न्यौपाने पनि बैंकको उपप्रबन्धक रहेको भन्दै उनलाई पनि अख्तियारले प्रतिवादी बनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us