अब त संसद् खुल्नुपर्ने होः देउवा

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १५:१७ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब छिट्टै संसद् सुचारु हुने दाबी गरेका छन । आज (बिहिबार) जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको सभापति देउवाको तर्क छ । उनले भने, ‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ ।

यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ?’ कतिपय कुराहरूमा असहमति होला तर आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us