मैले आजसम्म भ्रष्टाचार गरेको छैनः नेपाल

काठमाण्डु टुडे २०८२ जेठ २२ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले अहिलेसम्म कुनै भ्रष्टाचार नगरेको बताएका छन् ।

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले आज (बिहिबार) पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएको एक नेताले जानकारी दिए । अध्यक्ष नेपालले पार्टीका नेताहरुसँग भने, ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् ।

त्यसैले म अब काठमाण्डू जाँदैछु ।’ उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us