
काठमाण्डू, २२ जेठ– भ्रष्टाचार मुद्दा लागेपछि गृहजिल्ला रौतहटमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज (बिहिबार) काठमाण्डू फर्किँदै छन् ।
उनी बुधबार गृहजिल्ला रौतहट गएका थिए । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचारमा मुद्दा दायर भएको थाहा पाएपछि नेपाल आजै काठमाण्डू फर्किन तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
उनी काठमाण्डू फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन ।
‘मैले पनि मुद्दा दायर भएको कुरा समाचारहरूबाट थाहा पाएँ, त्यसपछि उहाँ कहाँ हुनुहुन्छ भनेर खोजी गरेको थिएँ,गौर हुनुहुँदो रहेछ,’ नेता खनालले भने, ‘उहाँ फर्किएपछि पार्टीको बैठक बसेर घटनाबारे प्रतिक्रिया दिन्छौं ।’