
काठमाण्डू, २२ जेठ– प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डूबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीमाथि विश्वासघात र ठगी सम्बन्धी आरोपमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ । पर्सा प्रहरीले पक्राउ गरी पठाउन भनेर पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्रेर पर्सा पठाइदिँदै छ ।
कार्यालयका एसएसपी रमेश बस्नेतले श्रुती रौनियार पक्राउ परेको पुष्टि गर्दै उनलाई पर्सा पठाउन लागिएको जानकारी दिए ।