
काठमाण्डू, २१ जेठ– आज (बुधबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले बुधबार प्रमुख दलकारुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
तर,छलफल निष्कर्षविहीन भएको थियो । आजै दिउँसो ३ः १५ बजेका लागि बैठक बोलाइएपनि विशेष कारण देखाउँदै भोलि सम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।