
काठमाण्डू, २१ जेठ– प्रहरीले सुनसरीबाट खोलाको बगरमा गाडेर राखेको अवस्थामा ११२० किलो गाँजा बरामद गरेको छ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा मंगलबार ३८ बोरा गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
बरामद गाँजा ११२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिएका छन । सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरीएको उनले जानकारी दिए ।
गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।