
काठमाण्डू, २१ जेठ– काठमाण्डूलाई हेटौंडासँग जोड्ने कान्ती लोकपथ आजदेखि चार दिन बन्द रहने भएको छ ।
बागमती खोलामा निर्माणधीन बेलीब्रिज जडान कार्यका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै उक्त सडकखण्ड जेठ २४ गतेसम्म बन्द रहने जानकारी दिएको छ ।
कान्ती लोकपथ सडक योजनाले गरेको पत्राचारका आधारमा चार दिनका लागि यातायात बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले बताए ।
त्यस अवधिमा कान्ति लोकपथको विकल्पमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी –फर्पिङ सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।