यातायात व्यवसायीद्वारा आन्दोलन स्थगन

काठमाण्डु टुडे २०८२ जेठ २० गते २१:४४ मा प्रकाशित

काठमाण्डू, २० जेठ– यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आफूहरुका माग सम्बोधन भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको व्यवसायीले बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको जानकारी दिए ।

राइड सेयरिङविरुद्ध यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

सरकारी कार्यदल र व्यवसायीका प्रतिनिधिबीच गएराति सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा भएको सहमतिअनुसार गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीबाट पछि फर्कन आग्रह गर्न सरकार तयार भएको थियो ।

सहमतिका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार नै पत्राचार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us