राजु पाण्डेको निलम्बनपछि जोशीलाई निमित्तको जिम्मेवारी

काठमाण्डु टुडे २०८२ जेठ २० गते १८:०८ मा प्रकाशित

काठमाण्डू, २० जेठ– काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परे लगत्तै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीले जिम्मेवारी प्रप्त गरेका छन ।

मङ्गलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका हुन् । जोशी काठमाण्डू महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत रहेका थिए ।

उनले आफूलाई निमित्तको जिम्मेवारी दिएको जानकारी आएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us