आफैंमाथिको शीर्ष छलफलमा सहभागी छन् गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच बैठक जारी छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।

आजको छलफलको मुख्य एजेन्डा हो– पछिल्लो पटक गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरण भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यही प्रकरणलाई लिएर विपक्षीहरूले संसद् अवरोध गरिरहेका छन् । भोलि संसद् बैठक बस्दैछ ।

त्यसअघि मोटामोटी सहमति जुटाउनेगरी छलफल गर्नका लागि शीर्ष नेताहरू एकजुट भएको स्रोतले जानकारी दिएको छ । तर, सोही छलपलमा गृहमन्त्री लेखक पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

गृहमन्त्री लेखकसहित कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी नेताहरू देव गुरुङ, हितराज पाण्डे, महेन्द्र राय यादव पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us