ओली, देउवा, प्रचण्ड सिंहदरबारमा भेट्दै

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १६:०१ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रमुख तीन दल (कांग्रेस, एमाले–माओवादी)का शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us