नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौंः एमाले सांसद थापा

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १४:२१ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन । उनले यसो गरेमा मात्रै नेपाली नोटको महत्व बढ्ने दाबी गरेका छन ।

आज (सोमबार) अर्थ समितिको बैठकमा बोल्दै एमाले थापाले यस्तो बताएका हुन । राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखे । आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो ।

गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’ उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए । बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us