
काठमाण्डू, १९ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा आर्थिक वर्ष ०८२/८३ को बजेट र समसामयिक राजनीतिको विषयमा छलफल हुने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।
जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि संसदमा छलफल सुरु हुँदैछ ।