
काठमाण्डू, १९ जेठ– उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्च स्तरको सम्मान दिएको प्रतिक्रिया दिएका छन ।
आज (सोमबार) चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका उद्योगमन्त्री भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिँदै भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताए ।
‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने, र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ । त्यसले राजनीतिक स्थायित्व दिन्छ, र त्यो राजनीतिक स्थायित्व प्रति खुसी व्यक्त गर्नुभयो’, उनले भने ।
भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुबीर महासेठ र सरकारका तर्फबाट मन्त्रीको हैसियतमा आफूले सम्वादहरुमा भाग लिएको पनि उनले बताए । गत १० जेठमा बेइजिङ गएको भ्रमण टोली आज स्वदेश फर्किएको छ ।