एजेन्सी–टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेका छन । प्रहरीले शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई विमानस्थलबाटै पक्राउ गरेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन ।
उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरिएको फ्रान्सेली अखबारहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ । डुरोव रूसी–फ्रान्सेली अर्बपति हुन् ।
उनको पक्राउपछि फ्रान्सस्थित रूसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रूसी समाचार संस्था तासले बताएको छ । पक्राउ परेका डुरोवमाथि आइतबारदेखि अनुसन्धान सूरू हुने बताइएको छ ।
युरोपेली मुलुकहरूमा टेलिग्राम अझै लोकप्रिय छ । अहिलेसम्म यसका १ बिलियन नजिक प्रयोगकर्ताहरू रहेको अनुमान रहेको छ । यो फेसबुक, युट्युब, व्हाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक प्लेटफर्महो ।