काँग्रेस सांसद चन्द्र भण्डारीको शल्यक्रिया गरियो

काठमाण्डु टुडे २०८० साउन ३१ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, ३० साउन– काँग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको शल्यक्रिया गरिएको छ ।
भण्डारीको काठमाण्डु कीर्तिपुरस्थित बर्न अस्पतालमा शल्यक्रिया गरिएको हो । उनका स्वकीय सचिव बोधराज कँडेलले आगोले जलेको दाहिने हातसहित अन्य भागमा शल्यक्रिया गरिएको हो ।

उनका अनुसार शरीसरका अन्य भागबाट झिकेर हातमा छाला राखिएको छ । शल्यक्रियाका लागि क्यानडाबाट एक जना विशेषज्ञ चिकित्सकसमेत आएको उनले बताए ।

गत ३ फागुमा बुद्धनगरस्थित निवासमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएको थियो । जलेर गम्भीर घाइते भएकी भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको थियो ।

नेता भण्डारीको भने भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचार गरिएको थियो । एक महिना बढी उपचारपछि भण्डारी १७ वैशाखमा स्वदेश फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us