
काठमाण्डु, ३१ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुरबाट पाँच लाख घुससहित दुई कर्मचारीलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रकुमार यादव र टेकनारायण यादव छन् ।
वीरेन्द्रकुमार अपरेटर र टेकनारायण लेखापाल हुन् । टेकनारायणको साथबाट तीन लाकखको चेक र वीरेन्द्रको साथबाट घूस लिएको नगद दुई लाख रुपैयाँ बरामद गरिएको इटहरीस्थित अख्तियार कार्यालयले जनाएको छ ।
यादद्वयले सोलार बत्ती जडान गर्ने कामको भुक्तानी रोकेर ठेकेदारबाट घूस मागेका थिए ।