
काठमाण्डु, २५ साउन-कैलालीमा बाढीमा बेपत्ता भएका एक जना मृत्यु फेला परेका ।
अविरल वर्षासँगै खुटिया नदीमा आएको बाढीमा बेपता भएका गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
उनी बुधबार खुटिया नदीमा दाउरा निकाल्ने क्रममा बेपता भएका थीय। उनको बिहीबार शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलाली ले जानकार दिएको छ।