
काठमाण्डु,२२ साउन- काठमाण्डुको बालुवाटार स्थीत ललिता निवासको प्रकरणमा चार पूर्वमन्त्रीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लेपूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
उहाँहरूविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो। ललिता निवास प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले अनुसन्धान गरिरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए ।
सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।सर्वोच्च अदालतले आइतबार ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्या४उन गरी मन्त्रिपरिषदको निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्नु भन्दै फैसला सुनाएको थियो।
यही प्रकरणमा २० आरोपी सिआइबीको हिरासतमा छन्।