
काठमाण्डु, १५ साउन– सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मलेसियाबाट पक्राउ गरी एक युवालाई नेपाल ल्याएको छ ।
साइबर ब्युरोका एसपी पशुपतिकुमार रायले म्याग्दी मंगला गाउँपालिका–५ सिर्कुमका प्रकाश विकलाई इन्टरकमको सहयोगमा प्रक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए ।
रायका अनुसार विकले अपरिचित महिलार्लाइ सामाजिक सञ्जालमा साथी बनाई अश्लिल संवाद गरेका थिए ।
विकले महिलाको अश्लिल भिडियो रेकर्ड गरी उनका सामाजिक सञ्जालमा अपलोड गर्नुका साथै महिलाका आफन्तलाई पठाएर चरित्र हत्या गरेका थिए ।