लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०८० असार ३० गते ९:२८ मा प्रकाशित

काठमाण्डु,३०- असार -हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा  पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाले जानकारी दियको छ।

हाल  देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ। देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महााशखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको  छ।

वर्षा र हावाहुरीका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने  भएकाले  हावा-हुरी, भारी वर्षा, मेघ गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us