
एजेन्सी- सामाजिक सञ्जाल ट्विटरको चर्चित लोगो निलो चरो फेरि पनि ट्विटरको लोगोमा देखिएको छ।
गत सोमबार ट्विटरको मा चराको साटो एउटा कुकुर देखिएको थियो। आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन।
ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए। सानो निलो चरासँग अभ्यस्त भएका विश्वभरका ट्विटर प्रयोगकर्ताले यसमा शिबा इनु प्रजातिको कुकुरको लोगो राखिएपछि मानिसहरूमा एक प्रकारको कौतुहलता जागेको थियो ।
शुक्रबार भने ट्विटरमा पुरानै लोगोमा रहेको निलो चरो देखिएको छ। यसबारे पनि ट्विटरले आधिकारिक जानकारी दिएको छैन। ट्विटरका मालिक मस्कले आफ्नो एकाउन्टमा नामसँगै भेरिफाइड टिक र निलो चरो राखेका छन्।