
काठमाण्डु,१८ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने रास्वपाका सभापति रबि लामिछानेले बताएका छन ।
आज (शनिबार) १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सभापति लामिछानेले आफूहरु व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको बताएका छन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताएका छन ।
अहिले पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने भन्दै उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको छानबिन गर्ने भन्ने सुटुक्क हटेको बताएका छन ।
उनले उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने बताएका छन ।