मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०७९ चैत १० गते १६:३० मा प्रकाशित

काठमाण्डु, १० चैत– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक आईजीपी नियुक्त गर्नेछ ।

आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा रहेका छन । ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने सम्भावना रहेको छ ।

आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us