नेपालमा ६६ लाख ६६ हजार परिवार, ६ हजार मात्र संयुक्त परिवार

काठमाण्डु टुडे २०७९ चैत १० गते १३:२५ मा प्रकाशित

काठमाण्डु,१० चैत– राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६६ लाख ६६ हजार परिवार रहेका छन । आज (शक्रबार) सोल्टी होटलमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको जनसंख्याको अन्तिम नतिजाअनुसार २१ लाख परिवारका मुली महिला रहेका छन ।

०६८ सालको भन्दा महिला मुलीको संख्या बढेको पनि विभागले जानकारी दिएको छ । यस्तै परिवारमा ११. ८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढेको विभागले जानकारी दिएको छ । एकल परिवार ६० हजार ८४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन्।

एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेका छन । परिवारको औसत आकार घट्दै गएको पनि बताइएको छ। अहिले परिवारको औसत आकार चारभन्दा केही बढी रहेको बताइएको छ । मधेसमा एक परिवारमा पाँच जनाभन्दा बढी रहेका छन् भने गण्डकीमा ४ भन्दा पनि कम जनसंख्या रहेको देखिएको छ ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । नेपालमा वि।सं। १९६८ साल देखी हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us