किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १४ गते १५:१२ मा प्रकाशित

काठमाण्डु,१४ फागुन– प्रहरीले किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक याङ लि मिङ रहेका छन ।

विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाण्डु ल्याएर बन्धक बनाएको आरोपमा याङ लि मिङ पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले जानकारी दिएका छन । ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ ।

एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो । त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाण्डु बोलाएको पाइएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us