विप्लव नेतृत्वको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाण्डु टुडे २०७९ माघ २५ गते १५:१७ मा प्रकाशित

काठमाण्डु,२५ माघ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले ५ र १५ फागुनमा देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

आज (बुधबार) काठमाण्डुमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन ।

उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ । उनले भने, ‘जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै

उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us