
काठमाण्डु,१८ माघ– रुकुम पश्चिम ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विक रहेका छन ।
रुकुम पश्चिम मुसिकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
दुर्घटनामा घाइते विकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा उनको मूत्यु भएको हो ।दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते छन् ।