
काठमाण्डु, २९ मंसिर– नेपाली कांग्रेस १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ ।
कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने ।
पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ । सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो ।