काठमाण्डु, २५ मंसिर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका छन् ।
गुरुङले आज बिहान १० : २८ मा सभापतिको उम्मेदवारी दर्ता गरेका हुन् । यससँगै उनी उम्मेदवारी दिने पहिलो व्यक्ति बनेका छन् ।