भोलि पुन: बस्ने गरी माओवादी स्थायी कमिटी बैठक सकियो

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १२:४० मा प्रकाशित

काठमाण्डु, १ कार्तिक – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ ।

सोमवार (आज) केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निस्कर्षमा नपुगिएको बताए । उनले स्थायी कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निस्कर्षमा लैजाने बताए ।

पार्टीको अर्को स्थायी कमिटीको बैठक मंगलवार (भोली) बिहान ८ बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us