इतिहासले यसको निर्मम मूल्याङ्कन गर्ने छः केपी ओली

काठमाण्डु टुडे २०७८ असोज ३ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, ३ असोज –नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देउवा सरकारले सार्वजनिक नामहरुप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार सातौ संविधान दिवसको अवसरमा पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले भने,  ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका साहुहरू ठूल्ठूला पदकहरूले सम्मानित भए ।

कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मानित गरेको भए हुन्थ्यो नि ।’

उनले न्यायाधीशहरूलाई समेत कडा जवाफ दिदै उनले भने, ‘झगडियाहरु सम्मानित, मुद्धा हाल्ने सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित । दुई चार जना छुटेको जस्तो लाग्यो नाम भन्दिनँ ।

तिनलाई किन छोडेको होला ?  मुद्धा हराइदिने, जिताइदिने, तराजु कोल्टे फर्काइदिनेहरुलाई पदक । तराजुपनि गजव रहेछ । आँखामा पट्टी बाँध्ने श्रीमानहरूले तराजु कता ढल्किएको छ त्यो त थाहा हुन्छ नि । हात त बाँधेको हुँदैन । कतापट्टि के फैसला गरिदिनुपर्ने छ, कतातिर के फैसला गरिदिनुपर्ने छ । म धेरै भनिरहन चाहन्न । धेरैका लागि यो लज्जाजनक विषय हो । इतिहासले यसको निर्मम मूल्याङ्कन गर्नेछ ।’

उनले सरकार गठनको भएको ७० दिन पुग्दासम्म मन्त्रिपरिषद बिस्तार गर्न नसकेको भन्दै सरकारले संविधान दिवसका दिन लज्जाजनक काम गरेको टिप्पणी समेत  गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us