
काठमाण्डु, ९ चैत– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताहरुलाई स्पष्टीकरण पत्र थमाइएको छ ।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले सोमबार चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको पत्र थामाइएको हो ।
शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
रावले भने, ‘खै कसलाई थमाए मलाई त थाहा भएन, मकहाँ आइपुगेको छैन’, तर नेता भीम रावलसमक्ष भने स्पष्टीकरण पत्र नआएको बताए ।