ओली र प्रचण्डबीच वार्ता हुने, थपलियाले गर्ने भए मध्यस्थता !

काठमाण्डु टुडे २०७७ माघ १२ गते २२:५४ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, १२ माघ– निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आधिकारिकतासम्बन्धी विवादमा छलफल गर्न बोलाउने भएको छ ।

आयोगले केपी ओली र प्रचण्ड–नेपाल पक्षका शीर्ष नेतालाई छलफलका लागि बोलाउने भएको हो । छलफलमा ओली र पचण्डसहित दुवै समूहका पाँच÷पाँच नेता सहभागी हुने आयोग श्रोतले बताएको छ । यदि प्रचण्ड र ओली बैठकमा सहभागी भए भने आश्चर्य हुनेछ । बैठकको मध्यस्थता आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले गर्नेछन् ।

ओलीले प्रतिनिधिसभा विघटनको तयारी गरेपछि प्रचण्ड गत ५ पुसको बिहान हतारहतार बालुवाटार पुगेका थिए । उनले ससद विघटन नगर्न गरेको आग्रह ओलीले अस्वीकार गरे । त्यसयता दुइबीच भेट भएको छैन । सार्वजनिक रुपमा एकअर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

आयोगले पुनः एक भएर चुनावमा जाने कि अलग–अलग जाने भन्नेबारे सोध्ने तयारी गरेको छ । दल विभाजनका लागि ९० दिनको प्रक्रिया पार गनुपर्ने भएकाले वैशाखमा घोषित निर्वाचन मिति प्रभावित हुन सक्ने आयोगको भनाइ छ ।

आयोगले आइतबार मात्र नेकपाका दुइटै समूहले गरेका सागठिन हेरफेर मान्य नहुने भन्दै साविक ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्य र पदाधिकारीमात्र चिन्ने जवाफ दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us