२ वर्षे छोरीलाई छोडी बावु झुन्डिए प्रेमीकाका साथ

काठमाण्डु टुडे २०७६ साउन १४ गते १६:०६ मा प्रकाशित

भक्तपुर,१४साउन— भक्तपुरको बोडेमा कोठा गरी बस्ने सिन्धुपाल्चोकका २१ वर्षे जिवन र रामेछाप बेथान बस्ने १८ वर्षकी मंगली घिसिङ्ले आपनै कोठामा झुण्डेर आत्महत्या गरेको प्रहरीले बताएको छ । जिवनको घरमा श्रीमती र २ बर्षकी छोरी छ ।

प्रहरीका अनुसार जीवनकी श्रीमती रितु तामाङले श्रावण ११ गते ‘आफ्नो श्रीमान अर्की केटीसँग लागेर आफूलाई हेरेनन् उनलाई झिकाई आवश्यक कारवाही गरी पाउँ’ भनी उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई झिकाएर अवदेखि रितुसँग नै बस्ने तथा उनलाई लागाउन खान ब्यवस्था समेत गर्ने प्रतिवद्दता गर्दै उनी प्रहरीबाट श्रीमती सँग नै निक्लेका थिए ।

बाहिर निक्लेपछि श्रीमतीलाई एक हजार दिदै आफू केहि समयमा आउँछु भनेका श्रीमान आफ्नी प्रेमिक सँगै झुण्डेको अवस्थामा मंगलबार फेला परेका प्रहरीले बताएको छ ।जिवन तामाङ् सवारी चालक थिए । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

दुबैको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us