गरिब देश नेपालः जहाँका सांसदलाई लगाउनुपर्ने सुनको लोगो

काठमाण्डु टुडे २०७६ साउन १२ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, १२ साउन– गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो ।
यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भए पनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ । यसअघिको लोगोको मूल्य १९५ रुपैयाँ मात्र थियो । नयाँ लोकोको मूल ६ हजार ५०० छ । लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ ।
लोगो तथा सिफारिस समितिले गत साल गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको थियो । गोखरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us