
गान्धीनगर, १० वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मताधिकार प्रयोग गरेका छन् । लोकसभा निर्वाचनअन्तर्गत उनले गान्धीनगर लोकसभा सिटअन्तर्गत रानिप मत केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गर्नुअघि उनले गान्धीनगरस्थित निवास पुगेर आमा हीराबेनको चरणस्पर्श गरेका छन् । त्यसपछि उनी मतादान केन्द्रमा पुगेर मतदान गरे ।
आशिर्वाद लिन पुगेका मोदीलाई आमाले सगुनबापत मिठाई दिएकी थिइन् । उनलाई निधारमा टिकासमेत लगाइदिइन् ।